नेपालगन्ज: नेपाल प्रहरीका नायब निरीक्षक (सई) धनबहादुर थापाको मृत्यु भएको छ।
वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहेका सई थापाको शनिबार बिहान भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको बाँकेका डीएसपी दीपक पातलीले जानकारी दिए ।
मोबाइल ड्युटीमा रहेका बेला बिहान ६ बजेतिर उनी बेहोस भै ढलेका थिए । एक्कासी छाती दुख्यो भन्दै ढलेका उनलाई तत्काल भेरी अस्पताल पुर्याइएको थियो।
तर चिकित्सकहरुले केहिबेर मै मृत घोषित गरेको डीएसपी पातलीले बताए । उनको हृदयघातबाट मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले जानकारी दिएका छन् ।
यद्यपि पोष्टमाटम रिपोर्ट आइनसकेकाले मृत्युको ठोस कारण भन्न नसकिने उनको भनाइ छ ।
उनको जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएपनि काजमा वडा प्रहरी कार्यालयमा कार्यरत थिए । मिलनसार र संगठनप्रति कर्तव्यनिष्ठ सई थापा रोल्पाका स्थायीवासी थिए।