क्यान्सर अस्पताल खजुरामा सरसफाई

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०८२, शनिबार

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शनिवार वृह्त सरसफाई गरिएको छ । अस्पतालका फार्मेसी सुपरभाइजर दिनेश नेपालीका अनुसार अस्पतालका निमित्त निर्देशक डा.ज्वलन्द पौडेलको नेतृत्वमा चिकित्सक, नर्सिङ, प्यारामेडिक्स, कर्मचारी लगायतको टिमले अस्पताल परिसर क्षेत्रलाई सरसफाई गरेको हो ।

‘बिरामीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सरसफाई कार्यक्रमलाई नियमित पार्ने उद्देश्यका साथ शनिवार सरसफाई गरिएको हो फार्मेसी सुपरभाइजर नेपालीले भने–‘यसले क्यान्सरका बिरामीलाई संक्रमण फैलिनबाट रोक्ने र डेंगी, स्क्रवटाइपस लगायतका संक्रमणबाट समेत जोगाउने छ ।’

निमित्त निर्देशक डा.ज्वलन्द पौडेलका अनुसार अव यसलाई अभियानका रुपमा लैजाने योजना बनाइएको छ । दुई–दुई सातामा अस्पताल परिसरलाई सरसफाई गर्ने योजना बनाइएको उनले बताए । ‘यो अभियानको उद्देश्य आफ्नो कार्यालय आफै सफा राख्नु पर्छ भन्ने पनि हो’–उनले भने ।

तस्विर

 

  • २१ भाद्र २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech