नेपालगन्ज: बाँकेमा इन्सेफलाइटिसबाट एक बालकको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका-४ का ८ वर्षीय बालकको इन्सेफलाइटिसबाट मृत्यु भएको हो ।
उनको भदौ १० गते मृत्यु भएको भएपनि स्वास्थ्यका अधिकारीहरुले ढिला गरी जानकारी दिएका हुन् । अरु ३ जना संक्रमित छन् । नरैनापुर-४ का ३ महिनाका बालक र डुडुवा गाउँपालिका-२ का ६ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो ।
उनीहरु उपचारपछि घर फर्किसकेका छन् । कोहलपुर नगरपालिका-१२ कि ७ वर्षीया बालिकाको भने कान्ति अस्पताल काठमाडौंमा उपचार भैरहेको छ ।