जिवन मिठो स्वरकल्पना हो,
बिहानि पखको स्वतन्त्र स्वप्न जस्तो।।
जिउनु त त्यसरि हो ,पन्क्षि जस्तो,
हजारौ किलोमिटर को निस्फिक्रि यात्रा ।।
एक बारको जिबन यो ,जिउने त्यान्द्रा,
एक गाँस ,एक कपास र एक पल निद्रा ।।
आकाश खुले जस्तो खुलाउ न जीवन,
मखमलि फुले जस्तो फुलाउ न जीवन ।।
तिमी सत्य हौ,आत्मा हौ,परमात्मा हौ।
बिज हौ,जिबन हौ,सास हौ,आश हौ ।।
पाउनेले पो के पाउने हुन्,गुमाउने ले केरु
धन गुम्ला ,मन गुम्ला,आफन्ति गुम्लान् ।।
अनि
चेतना तिम्रो हो नि नितान्त तिम्रो,
चेतना र चैतन्यले खुसी रहनु ।।
छरफस्ट छ खुसी तिम्रो लागि,
समाल न यति खुसि,प्रयाप्त खुसी ।।
( लेखक डा.शर्मा दाङ तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ हुन् )