नेपालगन्जः नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा कृष्ण प्रसाद पौडेल चयन भएका छन् । संघको दोस्रो साधरणसभा तथा पहिलो अधिवेशनले पौडेलको नेतृत्वमा दुई वर्षका लागि सर्वसम्मत चयन गरेको हो । बर्दिया सदरमुकाम गुलरियामा शनिवार भएको अधिवेशनले १३ सदस्सीय नयाँ नेतृत्व चयन गरेको हो ।
संघको उपाध्यक्षमा सुजन शर्मा र विशाल अधिकारी, महासचिवमा विनोद कुमार डेमनडेउरा, सचिवमा खेमराज खनाल, कोषाध्यक्षमा सुस्मिता सिटौला र सह–कोषाध्यक्षमा रहेका छन् । त्यसैगरि सदस्यहरुमा मनिषा न्यौपाने, विपना न्यौपाने, नवीन रेग्मी, प्रकाश चौधरी र हिक्मत ओली रहेका छन् ।
साधरणसभा तथा अधिवेशन उद्घाटन गर्दै संघका केन्द्रीय सचिव ध्रुव कुमार शर्माले फार्मेसी व्यवसायी स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंग भए पनि सरकारले अझैसम्म उनीहरूको भूमिकालाई पर्याप्त मूल्याङ्कन नगरेको गुनासो गरे ।
यस्तै नेपाल फार्मेसी संघ लुम्विनी प्रदेशका खेमराम तिवारीले नीति–कार्यन्वयन, पेशागत सम्मान, आपूर्ति प्रणाली, नियमनको असमानता र व्यावसायिक विकासमा राज्यले उपेक्षा गरेको बताए ।
औषधि व्यवस्था विभाग नेपालगन्जका फार्मेसी अधिकृत अशोक कुमार गुप्ताले फार्मेसी व्यवसायीलाई मर्यादित बनाउन व्यवसायी स्वयम अनुशासित हुनुपर्ने बताए ।
यस्तै नवनिर्वाचित अध्यक्ष पौडेलले औषधि वितरण र परामर्शलाई सामान्य व्यापारिक गतिविधि भनेर हेर्ने गलत दृष्टिकोण बदल्नुपर्ने आवश्यकता औल्याए । उनले आफ्नो कार्यकालमा व्यवसायीहरुको समस्या समाधानका निमित्त प्रभावकारी भूमिका निर्वाह गर्ने समेत विश्वास दिलाए ।