सेती प्रादेशिक अस्पताल ५ महिनादेखि नेतृत्वविहीन, नीतिगत निर्णय प्रभावित

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०८२, बुधबार

धनगढीः सेती प्रादेशिक अस्पताल करिव ५ महिनादेखि नेतृत्वविहीन हुँदा अस्पतालको नीतिगत निर्णय प्रक्रिया प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्थामध्येको प्रादेशिक अस्पताल नेतृत्वविहीन हुँदा नीतिगत निर्णय प्रक्रिया प्रभावित भएको हो ।

अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते सकिएपछि नयाँ अध्यक्षको नियुक्ति अहिलेसम्म हुन सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले विकास समितिमा नहुँदा अस्पतालबाट नितिगत रुपमा समस्या आएको मौखिक रुपमा पटक पटक जानकारी आएको बताए ।

नौ वटै जिल्ला अस्पतालको विकास समितिमा पदाधिकारी नियुक्त गर्ने काम केही दिनभित्र हुने उनले बताए । अस्पताल नेतृत्वविहीन बनेपछि प्रशासनिक सेवा भने सञ्चालनमा छ तर नीतिगत निर्णय तथा नयाँ योजना निर्माणमा असर परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेले जानकारी दिए ।

नीतिगत निर्णय र समस्या समाधानका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने हो, समिति नहुँदा त्यसबाट गरिनुपर्ने काम प्रभावित भएका बताए । अध्यक्ष अभावमा नियमित बैठक, कर्मचारी भत्ता वितरण, र करार कर्मचारीको म्याद थपजस्ता विषयमा समेत अन्योलता देखिएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पताल विगत चार महिनादेखि नेतृत्वविहीन अवस्थामा छन् ।

  • ११ भाद्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech