प्रादेशिक अस्पताल सुर्खेतको निर्देशकमा डा गणेश थापा नियुक्त

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०८२, बिहीबार

सुर्खेतः प्रादेशिक अस्पताल सुर्खेतको निर्देशकमा डा गणेश थापा नियुक्त भएका छन्। कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले डा थापालाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि अस्पतालका निर्देशक डा. केशरबहादुर ढकाल १२ औँ तह (अतिरिक्त सचिव) मा पदोन्नति भई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएका थिए। उनी पदोन्नतिसँगै गत असारको अन्तिम सातादेखि अस्पताल निर्देशक विहीन बनेको थियो।

सो अवधिमा वरिष्ठताका आधारमा डा थापाले नै निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए। जनरल सर्जन डा. थापा ११ औँ तहका चिकित्सक हुन्।

  • ५ भाद्र २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech