जङ्गली च्याउ खाँदा दम्पतीको मृत्यु

    • स्वास्थ्य पेज

  • १ भाद्र २०८२, आईतवार

रोल्पा: रोल्पामा विषालु जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ। परिवर्तन गाउँपालिका२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उहाँकी पत्नी ७३ वर्षीया नर्मला ओलीको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

भागिरामले मङ्गलबार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए। सुरुमा गाउँकै मेडिकलमा उपचार गरिएको भए पनि ठिक नभएपछि दाङको घोराहीस्थित गोरखा अस्पतालमा लगिएको र त्यहाँ उपचार नभएपछि दाङकै राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान लगिएको थियो।

उपचारका क्रममा नर्मलाको शनिवार र भागिरामको आइतबार निधन भएको छोरा मनबहादुरले जानकारी दिए। अहिले दुवैको शवलाई पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको प्रहरीले जनाएको छ।

  • १ भाद्र २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech