नेपालगन्ज: लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु र प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रम सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।
सचिव श्रेष्ठको भूमिकालाई अझ बढी सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाई स्वास्स्थ्य मन्त्रालयबाट सञ्चालन हुने कार्यक्रम र प्रवाह हुने सेवालाई सुधार गर्दै नतिजामा आवद्ध गर्न कार्यसम्पादन सम्झौता गरिएको हो । सम्झौताको कार्य अवधी २०८३ असार मसान्त सम्म रहने छ ।
सम्झौतामा संलग्न सुचकहरु बमोजिम आफुले गरेका कार्यहरु चौमासिक रुपमा र आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र मन्त्री समक्ष कार्यसम्पादन सम्झौताको स्वमुल्यांकन प्रतिवेदन सहित बुझाउनुपर्ने जनाईएको छ ।
बाल मृत्यूदर, मातृ मृत्यूदर, पुर्ण खोप उपलब्धता भएका बालबालिका, पाँच वर्ष मुनिका कम तौल भएका, पुड्कोपना भएका, ख्याउटेपना भएका, मन्त्रालय अन्तरगतको समग्र खर्च, बेरुजु फछ्र्यौट, गुनासो फछ्र्यौट, प्रदेशमा स्वास्थ्य बिमामा आवद्ध जनसंख्यालगाएतका विषयमा आर्थिक वर्षको अन्त्यमा पुरा गर्नुपर्ने लक्ष्य तोकेर सम्झौता गरिएको छ ।
त्यस्तै विभिन्न भौतिक संरचना निर्माण तथा पुनः निर्माण, पोषण सुधार कार्यक्रम, संक्रामक रोग न्यूनिकरण, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने, रक्तसञ्चार सेवा कार्यक्रम, प्रदेशभित्रका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम, स्वास्थ्य सम्बन्धी विभिन्न नीति, ऐन, नियमावली, रणनीति, निर्देशिका, मापदण्ड, कार्यविधी तथा उपचार प्राटोकल निर्माण गर्ने विषयमा कार्यसम्पादन सम्झौता गरिएको छ ।