नेपाल औषधि तथा विक्री प्रतिनिधि संघको स्थापना दिवसः शैक्षिक सामग्री वितरणसँगै दिप प्रज्वलन

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०८२, बिहीबार

नेपालगन्जः नेपाल औषधि तथा विक्री प्रतिनिधि संघको ५६ औं स्थापना दिवसको अवसरमा नेपालगन्ज इकाइले दिप प्रज्वलन तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संघका अध्यक्ष डि.आर पाण्डेका अनुसार बाँकेको डुडुवा गाउँपालिका २ नौरीगौढीस्थित पशुपति माध्यामिक विद्यालयका विपन्न तथा जेहेन्दार ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसँगै व्याग समेत वितरण गरिएको छ ।

त्यसैगरि विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई पेन समेत उपलब्ध गराइएको अध्यक्ष पाण्डेले बताए । त्यसैगरी नौरीगौढीको दलित वस्तीमा शिक्षा सम्वन्धी सचेतना फैलाउने उद्देश्यले घरदैलोमा पम्पलेटहरु टाँसिएको पनि उनले बताए ।

‘पढाइ हाम्रो अधिकार उज्यालो हाम्रो संसार, शिक्षा नै उज्यालो भविष्यको आधार’ लगायतको स्लोगन लेखिएका पम्पलेट टाँसिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संघले आफ्नो स्थापना दिवसका अवसरमा शैक्षिक सामग्री वितरणसँगै सचेतीकरण कार्यक्रम गरिएको उनले बताए । बेलुका भने कार्यालयमा दिप प्रज्वलन गरिएको छ ।

  • २९ श्रावण २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech