राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा स्वास्थ्यमन्त्रीको छड्के

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०८२, बुधबार

तुलसीपुरः सेवाग्राहीको व्यापक गुनासो आउन थालेपछि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा आकस्मिक छड्के जाँच गरेका छन् । प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी लगाएतको टोली लगेर पुगेका मन्त्री सारु राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा आकस्मिक छड्के जाँचमा पुगे । त्यसक्रममा उनले सेवाग्राहीहरुको गुनासो सुन्नुका साथै अस्पतालको अनुगमन पश्चात विभिन्न सुधार गर्नुपर्ने र राम्रा पक्षहरु औंल्याईएको छ ।

सर्जिकल, डेण्टल, ल्याब, डाईलाईसिस, मेडिसिन ओपिडि, ईएनटी ओपिडी, साईक्याट्रीक ओपिडी, एचडीयु, एनआईसियु वार्डको व्यवस्थापन राम्रो भएको पाइएको सचिव श्रेष्ठले बताइन् । उनले अस्पतालले कर्मचारीको अधिकतम व्यवस्थापन गरेको र प्राप्त सुझाबहरु पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता समेत जनाएको बताइन् ।

 पूर्ण रुपमा ईहाजिरी लागु गर्नुपर्ने, ड्रेस कोड पालना गर्नुपर्ने, कर्मचारीको समयमा उपस्थिति, बेरुजु उठाउन प्रयास, डाक्टरहरु पुरा समय अस्पतालमा बस्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, औजार मर्मत समयमा गर्नुपर्ने, काउण्टर विस्तार तथा भिड व्यवस्थापन, फार्मेसीमा आवश्यक औंषधि परिपूर्ति गर्नु पर्ने लगायतका सुझाव  मन्त्री सारुले दिए । त्यसैगरी बिहानमा स्टाफ कन्फ्रेन्स गर्नुपर्ने, स्वास्थ्य मन्त्रालयको स्विकृति बिना बाहिर अभ्यास गर्ने चिकित्सकको निगरानी गर्नुपर्ने लगायतका सुझाव पनि मन्त्री सारुले दिए ।

  • २८ श्रावण २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech