नेपालगन्ज: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा पुजनकुमार रोकाय नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रोकायलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
जुम्लाको चन्दननाथ नगरपालिका-४ निवासी सहप्राध्यापक डा रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन् । मङ्गलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन् । डा.रोकायले टिचिङ अस्पताल, महाराजगञ्जबाट हाडजोर्नी तथा नशा रोग विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्।
उनले अस्पताल निर्देशकका रुपमा पनि काम गरिसकेका छन् । आफ्नो जन्मथलोमै फर्किएर सेवा गरिरहेका उनले जुम्लामा मात्र होइन, हुम्ला, मुगु, कालिकोट, डोल्पालगायत दुर्गम जिल्लामा पनि विशेषज्ञ सेवा विस्तार गरेका छन्।