नेपालगन्जः हुम्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा घरघरमा सुत्केरी गराउने पहिलाको सङ्ख्या शून्यमा झरेको छ। घरमा सुत्केरी गराउँदाका वेफाईदा र सुरक्षित सुत्केरी गराउनाले त्यसबाट हुने फाइदाबारेमा जनचेतना जोगाउने कार्य स्वास्थ्यकर्मीबाट गरिदा हाल घरमा सुत्केरी गराउने महिला कोही पनि नभेटिएका हुन्।
सिमकोट गाउँपालिका-२ को ठेहे स्वास्थ्य चौकीका ईन्चार्ज दानबहादुर बोहराले एक वर्षमा सो स्वास्थ्य चौकीमा तीस जना गर्भवती महिलाहरु सुत्केरी हुनु भएको बताए। केही समय अगाडीसम्म दुई जना महिलाहरु घर मै सुत्केरी हुने घटना हुने गरेको भएपनि दुई वर्षयता कोही पनि घरमा सुत्केरी हुने गर्भवती महिला नभेटिएका हुन।
यस हिसावले सतप्रतिशत गर्भवती महिलाले संस्थागत सुत्केरी गराएर आफु र नवजात शिशुको सुरक्षा गर्न सफल भएको हो। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले गाउँपालिकाका आठ वटा वडाका नौ वटा स्वास्थ्य संस्थाहरु अन्र्तगतमा २५६ जना सुत्केरी महिलाहरुले प्रसुती गृहमा सुत्केरी भएवापत यातायात खर्च बुझेको बताए। त्यति नै गर्भवतीहरु आफु मतामतका स्वास्थ्य संस्थामा दर्ता भएकोमा सबैले सुरक्षित सुत्केरी गराएको उनको भनाई रहेको छ।
एक वर्षमा सवै भन्दा बढी जिल्ला अस्पतालको प्रसुतिगृहमा १४० जना गर्भवती सुत्केरी हुनु भएको छ। एक किसिमले चेतना फैलिए कै कारण गर्भवती महिलालाई सुरक्षित सुत्केरी गराउने बाताबरण तयार भएको हो। एकातिर संस्थागत सुत्केरी भए वापत सुविधा पाउने कुरा छ भने अर्कोतिर सुरक्षित सुत्केरी गराउने कार्यको महत्व, फाईदा र यसबाट आमा र शिशुलाई सुरक्षित हुने ग्यारेन्टी हुने भएको कारण पनि असुरक्षित सुत्केरी गराउने गर्भवती महिला नभेटिएका हुन्।
घरघरमा असुक्षित रुपमा सुत्केरी गराउने कार्य धेरै भएकोमा त्यसलाई समयमै चेतना फैलाएर संस्थागत सुत्करी गराउन सफल भएको र अब यसलाई दिगो रुपमा टिकाई राख्ने चुनौती भने विद्यमान रहेको छ। दुरदराजका वस्तीहरुमा फाट्टफुट्ट रुपमा घर मै सुत्केरी गराउने घटना गतवर्षसम्म भएपनि १०८१ सालको साउन महिनापछि भने कुनै पनि त्यस्ता घटनाहरु नभेटिएको उनले बताए ।