नेपालगन्ज: हिन्दु नारीहरुको महान् पर्व हरीतालिका तीज पर्वको अवसर पारेर पासाङ्ग ल्हामु मार्ग नेपालगन्जमा रहेको नेपालगञ्ज स्किन सेन्टरले आफ्ना सेवामा विशेष छुटको योजना सार्वजनिक गरेको छ । सेन्टरका अनुसार आगामी भदौ १५ गते सम्मका लागि विभिन्न स्किन ट्रीटमेन्टमा आकर्षक अफर उपलब्ध हुनेछन्।
अफर अन्तर्गत हाइड्राफेसियल (बेसिक तथा प्रोफेसनल) एकपटकको सेसनमा २५ प्रतिशत छुट, हाइड्राफेसियल १ वर्षको प्याकेजमा ५० प्रतिशत छुट, र केमिकल पिलको एकपटकको सेसनमा २५ प्रतिशत छुट दिइनेछ। साथै, बोटोक्स उपचारमा १० युनिट खरिद गर्दा २ युनिट निःशुल्क प्रदान गरिने सेन्टरले जानकारी दिएको हो ।
छालालाई चम्किलो, नरम, सुन्दर तथा टाइट राख्नका लागि हाइड्रा फेसियल उपयुक्त विधि मानिन्छ । हाइड्रो भनेको पानी र फेसियल भनेको मसाज हो । यो मसाज विशेष प्रकारको मेसिनबाट गरिन्छ । सेन्टरका वरिष्ठ छालारोग विशेषज्ञ डा.अभिषेक अर्जेलले हाइड्रा फेसियल एक प्रकारको छालाको हेरचाह गर्ने अत्याधुनिक शैली भएको बताउँछन् ।
यस्तै डा.अर्जेलका अनुसार ‘बोटक्स’ चाउरीपना हटाउने विश्वभर चलनचल्तीमा रहेको प्रभावकारी कस्मेटिक उपचार पद्धति हो । यो इन्जेक्सनको माध्यमबाट दिइन्छ। बोटक्सबारे पछिल्लो समय अझ चर्चा हुन थालेको छ। यीनै सेवाहरुमा खासगरी नारीहरुलाई लक्षीत गरि तीजमा अफर प्रदान गर्न लागिएको सेन्टरमा कार्यरत सुजु थापा बताउँछिन् ।
नेपालगञ्ज स्किन सेन्टरमा छालाको दाग–धब्बा हटाउने लेजर ट्रीटमेन्ट, डन्डिफोरको उपचार, ट्याटु रिमुभल, हेयर फल्ल ट्रीटमेन्ट, स्किन टाइटनिङ, जस्ता सेवा पनि उपलब्ध छन्।
हेर्नुहोस् सेन्टरको तीज अफर