वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व विद्यार्थीहरूको पुनर्मिलन समारोह सम्पन्न्र

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०८२, शनिबार

धरान: वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) धरानमा सन् २००० मा एमबिबिएस र बीडिएस संकायमा भर्ना भएका विद्यार्थीहरूको कलेज प्रवेशको २५ औँ वार्षिकोत्सव Ethos@25 | Reconnecting With The Roots| नामक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त पुनर्मिलन समारोहमा अगस्ट १, सन् २००० मा अध्ययन सुरु गरेका दुबै संकायतर्फका जम्मा ९५ जना विद्यार्थीहरूमध्ये ४९ जनाको सहभागिता रहेको थियो।

प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. शेखर कोइरालाको प्रमुख आतिथ्यततामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यवहाक उपकुलपति प्रा.डा.संजीवकुमार शर्मा, वरिष्ठ चिकित्सकहरू प्रा.डा.चन्द्रशेखर अग्रवाल, प्रा.डा.नरेन्द्र भट्ट, प्रा.डा.सुधा अग्रवाल, प्रा.डा.जिपी रौनियार तथा तत्कालीन अस्पताल निर्देशक डा.नारायण कुमार लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.कोइरालाले ‘Center of Excellence’ बनाउने उद्देश्यका साथ स्थापित यस प्रतिष्ठानको उत्थानका निम्ति देश बिदेशमा रहेका यहाँबाट दिक्षित विद्यार्थीहरुको विशेष योगदान रहनुपर्ने कुरामा विशेष जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.कोइराला

कार्यक्रमका संयोजक प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा.बद्री चापागाईंले प्रतिष्ठानप्रति कृतज्ञता व्यक्त गर्न र साथीहरूबीचको सम्बन्ध पुनर्जीवित गर्न कार्यक्रम आयोजना गरिएको बताए । अहिले आफुहरु जो जहाँसम्म पुगेको भएपनि त्यो सबै प्रतिष्ठानको देन भएको भन्दै डा.चापागाई यस प्रतिष्ठानबाट पाएको पहिलो व्यवसायिक शिक्षाले आफुहरुलाई जीवनमा मार्गदर्शन गरेको बताउँछन् ।

पुनर्मिलन कार्यक्रमपछि सामाजिक उत्तरदायित्व अन्तर्गत धरान-१५ मा अवस्थित श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई करिब  १ लाख ५० हजार रुपैया बराबरको पानी प्रशोधन फिल्टरसहित ५०० लिटर क्षमताको स्टिल ट्यांकी र दुईवटा नर्सरी कोठाको फ्लोरिङका लागि फोम र कार्पेट हस्तान्तरण गरिएको थियो।

  • १७ श्रावण २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech