किन लाग्छ रिंगटा, लागे के गर्ने ?

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०८२, शुक्रबार

हामीलाई कहिलेकाहीँ बसिरहँदा वा हिँडिरहँदा घुमाइरहे जस्तो महसुस हुने, हल्लाएजस्तो हुने हुन सक्छ । यस्तो कसैलाई कहिलेकाहीँ हुन्छ भने कसैलाई निरन्तर दोहोरिएको पनि हुन सक्छ । जब तपाईंको दिमागमा नियमित मात्रमा रगत सञ्चालन हुन सक्दैन त्यतिवेला रिंगटा लागेको महसुस हुन्छ ।

कारण

-कानमा शरीरलाई सन्तुलन राख्ने नसा हुन्छ । उक्त नसामा समस्या भए रिंगटा लाग्छ सक्छ ।

-आँखाको समस्याका कारण पनि रिंगटा लाग्न सक्छ । रिफ्लेक्टिभ पावरको सन्तुलन नमिलेर कम वा बढी भयो भने रिंगटा लाग्न सक्छ ।

-कुनै कारण मस्तिष्कमा रगत जम्न गयो भने पनि रिंगटा लाग्न सक्छ । यस्तै, उच्च रक्तचाप वा कम रक्तचाप हुँदा पनि दिमागमा रगतको प्रवाहमा असर पुग्छ, जसका कारण रिंगटा लाग्ने हुन्छ ।

-मुटुको धड्कन कम हुँदा वा रगत सर्कुलेसन नियमित नहुँदा वा मुटुले रगत पम्प गर्न नसेकमा पनि हुन्छ ।
शरीरमा कडा खालको दुखाइ भएमा पनि हुन्छ ।

-शरीरमा ग्लुकोजको मात्रा कम भएमा वा बढी पनि हुन सक्छ ।

-एक्कासी धेरै तातो ठाउँमा बस्दा वा हिँड्दा पनि रिंगटा लाग्छ ।

-यसबाहेक खानपानमा कमी, झाडापखाला, बान्ता, उच्च ज्वरो, धेरै गर्मी हुँदा पानी पिउने वा बढी काम गर्दा पनि शरीरमा पानीको मात्रा कम भई रिंगटा लाग्छ ।

जटिल अवस्था

-टाउको दुखेर रिंगटा लागेमा ।

-बारम्बार रिंगटा लागिरहे वा लामो समय लागिरहेमा ।

-सुन्ने शक्ति र दृष्टिमा फरक परेमा ।

-हातखुट्टा कमजोर भएको महसुस भएमा ।

-सामान्य मानिस सहयोगविना हिँड्न नसकेमा ।

-छाती दुख्ने, सास फेर्न गाह्रो हुने भएमा ।

-टाउँको चोट लागेमा, छारेरोग, घाँटी कडा हुने समस्या भएमा ।

रिंगटा लागे के गर्ने ?

-आराम गरेर बस्ने, हलचल नगर्ने ।

-शारीरिक अवस्था चाँडोचाँडो परिवर्तन नगर्ने ।

-बढी चम्किलो प्रकाशमा नहेर्ने ।

-नजिकै रहेको कुनै पनि चिजको सहायता लिने समाउने ।

-शारीरिक सन्तुलनका लागि खानपानलाई सन्तुलित बनाउने ।

-बारम्बार रिंगटा लाग्छ भने बसेर उठ्दा नजिकैको चिज समातेर उठ्ने ।

-सुतेर उठ्दा पहिले बिस्तारै बस्ने र एकछिन आराम गरेर मात्र उठ्ने ।

-अचानक उठ्ने, बस्ने वा शरीरको स्थिति परिवर्तन नगर्ने, रिंगटा लाग्ने समस्या छ भने मेसिनरी सामग्रीको नजिक रहेर काम नगर्ने । जस्तै ड्राइभिङ, पौडी नखेल्ने ।

-रिंगटा लाग्ने धेरै कारण भएकाले पहिले कारण पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ ।

  • १६ श्रावण २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech