रास्वपा बर्दियाका सभापति विपिन पौडेलको हृदयाघातका कारण निधन

    • स्वास्थ्य पेज

  • १४ श्रावण २०८२, बुधबार

नेपालगन्जः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बर्दिया जिल्ला सभापति विपिन पौडेलको मंगलबार राति निधन भएको छ।

काम विशेषले चेन्नईबाट सिंगापुर जाने क्रममा पौडेलको क्रुजमै निधन भएको पार्टीका प्रवक्ता मनिषकुमार झाले जानकारी दिए।

‘चेन्नईबाट परिवारका सदस्य र साथीहरूसँग सिंगापुर जाने क्रममा क्रुजमा हृदयाघातका कारण निधन भएको जानकारी पाएका छौं,’ उनले भने।

५१ वर्षीय पौडेल रास्वपा स्थापनादेखि नै सक्रिय थिए। उनी सुरूआतदेखि नै बर्दियाका जिल्ला सभापति रहेको पौडेलले बताए।

उनको पार्थिव शरीर भोलि नेपाल ल्याइने झाले बताए।

  • १४ श्रावण २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech