नेपालगन्जः स्कुलमा पढाई भइरहेकै बेलामा सामान्य टाउको दुखेमा, पेट दुखेमा विद्यार्थी घरै जानुपर्ने बाध्यता अझैपनि छ । यो समस्या नेपालका अधिंकाश सामुदायिक विद्यालयका विद्यार्थीहरुले भोग्नुपरेको छ । केही वर्ष अघिसम्म बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मा रहेको शिवशक्ती मा.विका विद्यार्थीहरुले पनि यस्तै समस्या भोग्दै आएका थिए । तर विद्यालय नर्स कार्यक्रम त्यहाँ पुगेपछि भने त्यो समस्यामा कमी आएको विद्यालयका प्रधानाध्यापक पुरष्कर खड्का बताउँछन् ।
विद्यार्थीलाई सामान्य घाउ चोट लाग्यो भने, स्वास्थ्य चौकी र अस्पताल दौडाउनुपथ्र्यो । त्यस्तै विशेष गरेर किशोरीहरुले महिनावारीको समस्या धरै भोग्नु परेको थियो । विद्यालयमा महिनावारी भएमा पढाई नै छोड्नुपर्ने अर्को समस्या थियो । महिनावारीकै कारण उनीहरुको धेरै दिन पढाई छुट्ने गथ्र्यो । तर विद्यालय नर्स कार्यक्रम सुरु भएपछि विद्यालयमा यस्ता समस्या नभएको विद्यालयका प्रधानाध्यापक खड्का बताउँछन् ।
उनका अनुसार विद्यालय नर्स कार्यक्रम सञ्चालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै समग्र विद्यालयको प्रगती भएको छ । ‘यो कार्यक्रमले विद्यालयमा मात्र नभइमा सिंगो सकारात्मक परिवर्तन ल्याएको छ उनले भने- ‘विद्यार्थीले मात्र नभइ अभिभावकले पनि सरसफाईमा विशेष ध्यान जागृत थालेका छन् । शौचालय गएपछि साबुनपानीले हात धुने अभ्यास भएको छ ।’
प्राथमिक उपचार, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षाको प्रवद्र्धन, नियमित रेकर्ड राख्ने, संक्रमण नियन्त्रण गर्ने, पोष्ट–खोप अवलोकन, भावनात्मक र मानसिक सहयोग गर्ने र आपतकालीन तयारीमा सहयोग गर्ने लगायतका कार्यहरु आफुनो जिम्मेवारीमा रहेको उनले सुनाइन् ।
राप्तीसोनारी गाउँपालिका–३ बैजापुरस्थित सरस्वती माविका प्रधानाध्यापक ललित थारुले पनि विद्यालय नर्स कार्यक्रम सुरु भएपछि विद्यार्थीहरुमा स्वास्थ्य सचेतना अभिवृद्धि भएको बताउँछन् । उनले विद्यालय नर्स कार्यक्रमले विद्यालयमा प्राथमिक स्वास्थ्य सेवाकै प्रत्याभूति मिलेको समेत बताए । ‘विद्यालय नर्सले विद्यार्थीको सामान्य स्वास्थ्य समस्या तुरुन्तै पहिचान गरी प्राथमिक उपचार दिन्छन् उनले भने–‘यसले स्वास्थ्य समस्यालाई गम्भीर हुनबाट बचाउँछ । एक हिसावले भन्ने हो भने प्राथमिक स्वास्थ्य सेवाकै प्रत्याभूति मिलेको छ ।’
टाउको दुख्ने, पेट दुख्ने, चोटपटक वा रुघाखोकी जस्ता सामान्य समस्या पर्दा विद्यालय नर्सको सहायताबाट उपचार गर्ने गरिएको उनको भनाइ छ । ‘विद्यालय नर्सले स्वच्छता, पोषण, व्यक्तिगत सरसफाइजस्ता स्वास्थ्य शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्छन्, जसले संक्रामक रोगहरूको फैलावट रोक्छ’–उनले भने । विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा, शिक्षा, उपचार र समन्वयमा आफूहरुले भूमिका निर्वाह गर्ने गरेको शिवशक्ती माविकी विद्यालय नर्स सम्झना चौधरीले बताइन् ।

सम्झना चौधरी, विद्यालय नर्स
प्राथमिक उपचार, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षाको प्रवद्र्धन, नियमित रेकर्ड राख्ने, संक्रमण नियन्त्रण गर्ने, पोष्ट–खोप अवलोकन, भावनात्मक र मानसिक सहयोग गर्ने र आपतकालीन तयारीमा सहयोग गर्ने लगायतका कार्यहरु आफुनो जिम्मेवारीमा रहेको उनले सुनाइन् । त्यसैगरि किशोरीहरुको स्वास्थ्य सुरक्षादेखि आइरन चक्की नियमित खुवाउनेसम्मको भूमिका विद्यालय नर्सहरुले निर्वाह गर्दै आएका छन् ।
पालिकाले विद्यालयको भौतिक पूर्वाधार, विद्यालयको संख्यात्मक चाप लगायतका मापदण्ड बनाएर विद्यालय नर्स कार्यक्रम लागू गरेको हो ।
‘यो कार्यक्रमले किशोरीहरुको स्वस्थ्य सुरक्षित बनाएको छ उनले भनिन्–‘विशेष गरेर किशोरीहरुले महिनावारीको समस्या बारे खुलेर भन्ने सकिरहेका हुदैँनन् । महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या सर/मेडमसँग भन्दापनि हामीसँग निर्धक्क राख्न सक्ने गरेका छन् । उनीहरु आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सक्ने भएका छन् ।’ सुरुसुरुमा किशोरीहरु खुल्न गाह्रो मानेपनि अहिलेपनि आफ्नो समस्याहरु खुलेर राख्ने गरेको उनले अनुभव सुनाइन् ।
राप्तीसोनारीका पाँच वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम संचालनमा छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ८ मा रहेको शिवशक्ती मावि, वडा नं.३ मा रहेको सरस्वती मावि, वडा नं.४ मा रहेको जनशक्ती मावि, वडा नं.६ मा रहेको सिद्देश्वर मावि र वडा नं.७ मा रहेको अमरज्योति माविमा विद्यालय नर्स कार्यक्रम संचालनमा रहेको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसीले बताए ।

देवेन्द्र कुमार केसी, स्वास्थ्य शाखा प्रमुख
पालिकाले विद्यालयको भौतिक पूर्वाधार, विद्यालयको संख्यात्मक चाप लगायतका मापदण्ड बनाएर विद्यालय नर्स कार्यक्रम लागू गरेको हो । पाँच सय बढी विद्यार्थी भएका विद्यालयमा यो कार्यक्रम लागू गरिएको छ । ‘विद्यालय नर्सहरूले विद्यालयभित्र विद्यार्थीहरूको स्वास्थ्यको सुरक्षा, निगरानी र सुधार गर्ने महत्वपूर्ण काम गर्छन् उनी भन्छन्–‘विद्यालय नर्सहरूको भूमिका स्वास्थ्य सेवा, शिक्षा, र परामर्श प्रदान गर्नु हो ।’
कहिलेकाही विद्यार्थीहरु बिरामी पर्दा वेडमै राखेर प्राथमिक उपचार गर्नुपर्ने हुन्छ उनले भने–‘बेड अभावमा भुइँमै राखेर उपचार गर्ने गरिएको छ ।’
विद्यालयमै नर्स भएपछि विद्यार्थीहरुको स्वास्थ्यमा सुधार आएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख केसी बताउँछन् । उनका अनुसार यो कार्यक्रम लागु भएसँगै स्वास्थ्य समस्याले कुनै विद्यार्थीको पढाई छुटेको छैन । कुनै विद्यार्थी पढाई भइरहेकै बेलामा स्वास्थ्य समस्याले गर्दा घर फर्कनु परेको छैन । विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएको बताउँदै उनले भने–‘अहिले अभिभावकहरु आफ्नो बालबच्चाको पढाई मात्र नभएर स्वास्थ्य स्थिती बारेमा बुझ्नको लागि पनि विद्यालय आउने गर्नुभएको छ । विद्यार्थीसँगै अभिभावकले पनि स्वास्थ्य र सरसफाईमा विशेष ध्यान दिन थालेका छन् ।’
विद्यालय नर्स कार्यक्रम किशोरीहरुको लागि निकै नै फलदायी भएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । उनका अनुसार कार्यक्रम किशोर किशोरी, बालबालिका मात्र नभएर अभिभावकहरुलाई पनि प्रभावकारी भएको छ । यसले सबैलाई स्वास्थ्यप्रति सचेत बनाएको छ ।
विद्यालय नर्स कार्यक्रमको प्रभावकारिता राम्रो देखिएपनि व्यवस्थापनमा भने केही चुनौती रहेको शिवशक्ती माविका विद्यालयका प्रधानाध्यापक खड्का बताउँछन् । फर्निसिङ, स्ट्रेचर, वेड, उपकरण लगायतका आवश्यक सामाग्रीको अभावले बेलाबखत समस्या र चुनौती थपिने गरेको उनको भनाइ छ । ‘कहिलेकाही विद्यार्थीहरु बिरामी पर्दा वेडमै राखेर प्राथमिक उपचार गर्नुपर्ने हुन्छ उनले भने–‘बेड अभावमा भुइँमै राखेर उपचार गर्ने गरिएको छ ।’
विद्यालयले कोठाबाहेक उपकरण लगायतको सहयोग गर्न आर्थिक अभाव रहेको उनले सुनाए । त्यस्तै अनुभव छ नर्स सम्झनाको पनि । विद्यालयमा वेड र उपकरणको भने अभाव हुँदा उपचारमा समस्या पर्ने गरेको उनले बताइन् । सरस्वती माविका प्रअ चौधरी विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएपनि औंषधिको अभाव भने चुनौतीपूर्ण हुने गरेको बताउँछन् ।