भेरी अस्पतालमा बिरामीको चाप वर्सेनि बढ्दै, बजेट घट्दै

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०८२, मंगलवार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा सेवाग्राहीको चाप वर्सेनि बढ्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ । तर बजेट भने घट्दै गएको छ । आर्थिक वर्ष २०८१–०८२ मा मात्रै दुई लाख बढीले ओपिडी सेवा लिएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले वर्सेनि अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताए ।

उनले भने–‘आर्थिक वर्ष २०८१–०८२ मा दुई लाख २१ हजार ५०२ जनाले ओपिडी सेवा लिएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८०–०८१ भन्दा २२ हजार २०३ ले बढी हो । आर्थिक वर्ष २०८०–०८१ म एक लाख ९९ हजार १७२ जनाले ओपिडी सेवा लिएका थिए । भने आर्थिक वर्ष २०७९–०८० मा एक लाख ६५ हजार ६८३ जनाले ओपिडी सेवा लिएका थिए ।

‘वर्सेनि बिरामीको चाप बढ्दै गएपनि संघीय सरकारबाट प्राप्त हुने बजेट घट्दै गएको छ अस्पतालको चुनौतिबारे उनले अगाडि भने–‘यसले सेवाग्राहीलाई दिनुपर्ने सेवाप्रवाहमै असर गरिरहेको छ ।’ आर्थिक वर्ष २०७९–०८० मा संघीय सरकारले भेरी अस्पताललाई १९ करोड बजेट विनियोजन गरेको थियो भने २०८०–०८१ मा १३ करोड कटौति गर्दै केवल ६ करोडमात्रै बजेट पठाएको थियो ।

आर्थिक वर्षमा ०८१–०८२ मा त झन ५ करोडमा सीमित बनेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदीले बताए । अस्पतालले पछिल्लो एक वर्षमा तीन हजार सात सय ८८ जनाको शल्यक्रिया गरेको जनाएको छ । मेजर शल्यक्रियामात्रै दुई हजार आठ सय ६० वटा गरिएका छन् भने माइनर शल्यक्रिया पाँच सय ८६ र इन्टरमेडियट शल्यक्रिया तीन सय ४२ वटा गरिएका छन् ।

  • १३ श्रावण २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech