भेरी अस्पतालको स्थापना दिवसमा सेवा निवृत्त पूर्व मेसुहरु सम्मानित

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०८२, सोमबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा सेवा निवृत्त पूर्व मेडिकल सुपरिन्टेन्डेन्टहरुलाई सम्मानित गरिएको छ । भेरी अस्पतालले आफ्नो १३५ औं स्थापना दिवसको अवसरमा सेवा निवृत्त पूर्व मेसुहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा डा.मोहीउद्दिन किदवाई, डा.श्यामसुन्दर यादव, डा.विनोद कुमार खेतान, डा.पिताम्वर सुवेदी, डा.विरेन्द्र बहादुर चन्द र डा.रुपानन्द अधिकारी लगायत रहेका छन् । प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले उनीहरुलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।

भेरी अस्पतालको श्रीवृद्धिका लागि सेवा निवृत्त पूर्व मेसुहरुले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानित गरिएको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताए ।

  • १२ श्रावण २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech