भेरी अस्पतालले मनायो १३५ औं स्थापना दिवस

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०८२, सोमबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले आज आफ्नो १३५ औं स्थापना दिवस मनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षतामा एवम् प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा अस्पतालले आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रमलाई औपचारीक उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौर

त्यसक्रममा प्रतिनिधि सभा सदस्य राठौरले भेरी अस्पताल यसक्षेत्रकै पहिचान बोकेको अस्पतालका रुपमा रहेको बताए । उनले अस्पतालले ऐतिहासिक १३६ वर्ष प्रवेश गरेकोमा बधाइ समेत दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले अस्पतालको प्रगति तथा आगामी योजनाबारे प्रस्तुतिकरण गरेका थिए ।

अस्पतालको प्रगति तथा आगामी योजनाबारे प्रस्तुतिकरण गर्दै अस्पतालका प्रमुख मेसु डा.निराजन सुवेदी

उक्त कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य माया पुन, मिना सिद्दिकी, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सेवा निवृत्त पूर्व मेसुहरु, २५ वर्ष सेवा अवधि पूरा गरेका स्वास्थ्यकर्मी तथा कर्मचारी लगायतलाई सम्मानित समेत गरिएको थियो ।

सेवा निवृत्त पूर्व मेसुहरु सम्मानित

विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा स्थापना दिवसको अवसरमा भएका विभिन्न कार्यक्रमका उत्कृष्ट प्रतियोगिहरुलाई पुरष्कृत समेत गरिएको अस्पताल विकास समितिले जनाएको छ ।

तस्बिरहरु :

 

  • १२ श्रावण २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech