कोहलपुरः कोहलपुर नगरपालिका मातहत सञ्चालनमा रहेका दुई वटा वर्थिङ सेन्टरमा आर्थिक वर्ष २०८१/०८२ मा ११३ जना आमाहरु सुत्केरी भएका छन् ।
कोहलपुर नगरपालिका ११ मा रहेको नगर अस्पताल र कोहलपुर नगरपालिका १५ अकलघरुवामा रहेको नगर स्वास्थ्य प्रवर्धन केन्द्रमा गरि ११३ जना आमाहरु सुरक्षित रुपमा सुत्केरी भएका हुन् ।
कोहलपुर नगरपालिकाले नगर अस्पताल र नगर स्वास्थ्य प्रवर्धन केन्द्रबाट चौविसैं घण्टा आमा सुरक्षा कार्यक्रम अर्थात प्रसूति सेवा दिँदै आएको स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताए ।
‘तालिम प्राप्त जनशक्तीबाट सुरक्षित रुपमा चौविसैं घण्टा प्रसूति सेवा दिँदै आएका छौं उनले भने–‘वर्थिङ सेन्टरसम्म ल्याउनका लागि निःशुल्क एम्बुलेन्ससम्मको व्यवस्था गरेका छौं ।’
नगरपालिकाले नगर अस्पताल र नगर स्वास्थ्य प्रवर्धन केन्द्रमा दक्ष जनशक्ति साथै आवश्यक सुविधाहरु थप गरि सुरक्षित र भरपर्दो प्रसूति सेवा प्रदान गरिरहेको उनले बताए ।
उनले भने–‘नगर अस्पताल र नगर स्वास्थ्य प्रवर्धन केन्द्रमा चौबिसैँ घन्टा एम्बुलेन्सको व्यवस्था गरि कुनै समस्या आएमा तत्काल भेरी अस्पतालमा निःशुल्क उपचार गर्ने प्रवन्ध मिलाइएको छ । साथै प्रसूति सेवाका लागि स्वास्थ संस्था लैजाने र ल्याउने गरि एम्बुलेन्सको व्यवस्था गरिएको छ ।’