७७ वटै जिल्लालाई पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा, कुन खोपले के रोगबाट बचाउँछ ?

    • स्वास्थ्य पेज

  • ३१ असार २०८२, मंगलवार

नेपालगन्ज: सरकारले ७७ वटै जिल्लालाई पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरेको छ । पछिल्लाे पटक काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लालाई पूर्णखोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै ७७ जिल्लालाई पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो ।

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्णले १६ देखि २३ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र लगाउनु पर्ने सबै खोपको पूर्णमात्रा पाएको सुनिश्चित गर्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जानकारी दिए।

उन्ले पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा केवल घोषणा मात्र नभएर बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गरिएको एउटा महत्वपूर्ण कदम भएको बताए।

सरकारले जन्मेदेखि १५ महिनासम्म सात पटक गरेर १३ प्रकारका संक्रमक रोगविरुद्धको राष्ट्रिय खोप तालिका बनाएर नियमित नि:शुल्क खोप दिँदै आएको छ।

कुन खोपले के रोगबाट बचाउँछ ?

जन्मनेबित्तिकै लगाउने खोप 

जन्मिनेबित्तिकैदेखि एक वर्षभित्रमा दिइने बिसीजी विरुद्धको खोपले क्षयरोग हुनबाट बचाउँछ। यो खोप एक पटक छालाभित्र दिइने गरिन्छ।

छ हप्तामा लगाउने खोप 

बच्चा जन्मिएको छ हप्तामा रोटा, पोलियो, पि सि भी, डि पि टी, हेप बी हिब विरुद्धको खोप दिइन्छ। उक्त खोपले रोटा भाइरसबाट हुन झाडा पखाला,पोलियो निमोनिया, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी हेमोफिलस इन्फुलुएन्जा बी बाट बचाउँछ ।

१० हप्तामा लगाउने खोप 

बच्चा जन्मिएको १० हप्तामा रोटा, पोलियो, पि सि भी, डि पि टी, हेप बी हिब विरुद्धको खोप दिइने गरिन्छ । उक्त खोपले  रोटा भाइरसबाट हुने झाडा पखाला, पोलियो, निमोनिया, भ्यागुते लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी हेमोफिलस इनफुलुएन्जा बीबाट बचाउँछ।

१४ हप्तामा लगाउने खोप 

१४ हप्तामा पोलियो, एफ आई पि भी, डि पि टी, हेप बी हिबविरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले पोलियो, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फुलुएन्जा बी बाट बचाउँछ।

 नौ महिनामा लगाइने खोप

जन्मिएको नौ महिनामा एफ आई पि भी, पि सि भी, दादुरा–रुबेला विरुद्धको खोप लगाइन्छ। उक्त खोप निमोनिया, दादुरा र रुबेलारोगबाट बचाउँछ।

१२ महिनामा लगाइने खोप

१२ महिनामा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले जापानिज इन्सेफलाइटिस बचाउँछ।

१५ महिनामा लगाइने खोप

 १५ महिनामा दादुरा–रुबेला टाइफाइडविरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले दादुरा र रुबेलाबाट बचाउछ ।

  • ३१ असार २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech