परिवार नियोजन संघ बाँकेको ४१ औं वार्षिक शाखा सभा सम्पन्न

    • स्वास्थ्य पेज

  • २९ असार २०८२, आईतवार

नेपालगन्ज: लुम्विनी प्रदेशसभा सदस्य वादशाह कुर्मीले नेपाल परिवार नियोजन संघले महिला सशक्तिकरण, सामाजिक आर्थिक लाभ र स्वास्थ्यको समग्र गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । नेपाल परिवार नियोजन संघ बाँकेको ४१ औं वार्षिक शाखा सभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य कुर्मीले परिवार नियोजन संघले मातृशिशु तथा बाल स्वास्थ्यको संरक्षण एवम् सुधारमा समेत प्रभावकारी भूमिका निर्वाह गरेको बताए ।

उनले भने–‘ आमा, नवशिशु र बाल स्वास्थ्यको सम्वृद्धि तथा विकासकालागि आवश्यक परिवार नियोजन सेवाले व्यक्ति तथा दम्पतिको प्रजनन स्वास्थ्यको चाहना र आवश्यकता पुरा गर्नुका साथै व्यक्ति तथा दम्पतीलाई उनिहरूको इच्छा अनुसार उपयुक्त उमेरमा गर्भधारण गर्न, अनिच्छीत गर्भ धारणबाट बच्न, एक बच्चादेखि अर्को बच्चा विच उपयुक्त जन्मान्तर कायम गर्न एवम् चाहे जति मात्र सन्तान जन्माउन मद्दत गर्दछ । यसको बारेमा सचेतना फैलाउन संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्ने मलाई लाग्दछ ।’

संघका बाँके सभापति बदरुददुजा खाँको सभापतित्वमा भएको कार्यक्रममा शाखा सभापति खाँले कार्य प्रगति विवरण र कोषाध्यक्ष राजेश राज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका पूर्व केन्द्रीय सदस्य रोशन कुमार श्रेष्ठले संघको हालको अवस्थाबारे आफ्नो धारणा राखेका थिए भने संघका शाखा प्रबन्धक रश्मी श्रेष्ठले शाखाको गतिविधिबारे जानकारी गराएकी थिएन् ।

यस्तै पाँच जना सदस्य निर्वाचित भएका छन् । चक्रिय प्रणालीबाट कार्यसमिति चयन गर्ने प्रावधान अनुसार उनीहरु निर्वाचित भएका हुन् । यसरी निर्वाचित हुनेहरुमा कानून विज्ञमा इश्वरी प्रसाद ज्ञवाली, अर्थतर्फ सुमन मल्ल, यौन तथा प्रजननतर्फ प्रभी सुवेदी, महिला सदस्यमा बीना थापा र युवा सदस्यमा सरफरोज आलम खाँ रहेका छन् ।

  • २९ असार २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech