अस्पताल छाडेर चिकित्सकहरु सडकमा

    • स्वास्थ्य पेज

  • २४ असार २०८२, मंगलवार

नेपालगन्जः उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सक सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनमा उत्रिएका चिकित्सकले मंगलवार आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका छन् ।

आन्दोलनमा उत्रिएका चिकित्सकले ठाउँठाउँमा प्रदर्शन समेत गरेका खवरहरु प्राप्त भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिकबाहेक अन्य सेवा बन्द भए।

उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको तथा चिकित्सकलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा रोकेर आन्दोलन चर्काएका हुन्।

  • २४ असार २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech