संकटमा पुग्यो औषधि लिमिटेड, सरकार नै किन्दैन आफ्नो उत्पादन

    • स्वास्थ्य पेज

  • २० असार २०८२, शुक्रबार

नेपालगन्जः नेपाल औषधि लिमिटेड संकटमा पुगेको छ । औषधि लिमिटेडसँग बजेट शून्य छ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार कम्पनीले चालू आर्थिक वर्षमा हालसम्म ५ करोड बराबरको औषधि बिक्री गरिसकेको छ, जबकी अघिल्लो वर्ष कूल बिक्री ४ करोड ७८ लाख ९ हजार २६३ रुपैयाँ रहेको थियो ।

उनले कम्पनीको वार्षिक औषधि उत्पादन तथा बिक्रीमा १० प्रतिशत वृद्धि गर्ने लक्ष्य रहेको जनाउँदै भने, ‘यदि यो संस्थानलाई राम्ररी चलाउनुछ भने मन्त्रालयमार्फत होइन, नीतिगत स्पष्टता र लगानी आवश्यक छ । अहिले ‘बजेट शून्य छ र सरकारी भवन भाडामा दिएर तलब धानिरहेका छौँ । सरकारले आफैँ उत्पादन गरेको औषधि पनि नकिन्ने हो भने हामी कसरी बाँच्ने ?’

महाप्रबन्धक पनेरुले तीनै तहका सरकारी निकायबाट औषधि खरिद गर्दा नेपाल औषधि लिमिटेडको उत्पादनलाई अनिवार्य प्राथमिकता दिने नीतिगत व्यवस्था आवश्यक रहेकामा जोड दिए ।

  • २० असार २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech