नेपाल चिकित्सकका महासचिव डा. तिवारीलाई लिखित जवाफसहित उपस्थित हुन उच्च अदालतको आदेश

    • स्वास्थ्य पेज

  • १९ असार २०८२, बिहीबार

काठमाडौंः उच्च अदालत पाटनले नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जिव तिवारीलाई एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।

संघका महासचिव डा.तिवारीलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।

उपभोक्ता अदालतको काम कारबाहीमा अवरोध गर्न खोजेको भन्दै उपभोक्ता संरक्षण मञ्चका अधिवक्ता सुविन पाण्डेले उच्च अदालतमा मङ्गलबार निवेदन दिएका थिए ।

बिहीबार उच्च अदालतले पेसी सुनाउँदै विपक्षिलाई सातभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको हो ।

केही दिनुअघि उपभोक्ता अदालतले उपचारमा भएको लापरबाही भएको देखाउँदै अस्पताल र उपचारमा सङ्लग्न चिकित्सकलाई दोषी ठहर गरी जरिवाना सुनाएको थियो ।

उपभोक्ता अदालतलको फैसला आए लगतै नेपाल मेडिकल संंघका महासचिव तिवारीले विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारसँग बाझिएको निष्कर्ष निकाल्दै यस्ता मुद्धा काउन्सिलेनै अगाडि बढाउनुपर्ने माग राखेका थिए ।

साथै संघले उपभोक्ता संरक्षण ऐन, २०७५ मा आवश्यक संशोधनका लागि दबाब दिन विरोधका कार्यक्रम घोषणा गरेका थिए।

  • १९ असार २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech