नरैनापुरमा आयोजित स्वास्थ्य शिविरमा ७११ जनाको निःशुल्क उपचार

    • स्वास्थ्य पेज

  • १८ असार २०८२, बुधबार

नेपालगन्जः बाँकेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविरमा गरिएको छ । उक्त शिविरमा ७११ जनाको उपचार गरिएको छ । गाउँपालिकामा ठुला अस्पताल र विशेषज्ञ सेवा नहुँदा विभिन्न रोग लागे पनि घरमै बस्न बाध्य भएका स्थानीय शिविरबाट लाभान्वित भएका छन् ।

श्री सैनिक अस्पताल नेपालगन्ज, नरैनापुर गाउँपालिका, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि, गुल्म अस्पताल नेपालगन्ज, एचसिआरसी अस्पताल र शाही डेन्टल क्लिनिकको संयुक्त सहभागितामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

बज्रदल गणका प्रमुख सेनानी रविन श्रेष्ठका अनुसार स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएका सेवाग्राहीहरूमध्ये २५९ जना महिला, २२६ जना पुरुष र २२५ जना बालबालिका रहेका थिए । सो शिविरमा सैनिक अस्पताल नेपालगन्जका प्रमुख सेनानी डा. मोहित थापा, गैरसैनिक चिकित्सक फिजिसियन, बालरोग, छाला तथा यौनरोग, प्रसूति तथा स्त्रीरोग, डेन्टल, नाक, कान, घाँटी तथा अन्य विभागका गरी ११ जना विशेषज्ञहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्य शिविरले सीमावर्ती ग्रामीण क्षेत्रका स्थानीयमा नेपाली सेनाप्रति विश्वास, सम्मान र सकारात्मक भावनाको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बज्रदल गणका प्रमुख सेनानी रविन श्रेष्ठले बताए ।

  • १८ असार २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech