चिकित्सा शिक्षा आयोगको निर्देशकमा डा स्वयंप्रकाश पण्डित नियुक्त

    • स्वास्थ्य पेज

  • १७ असार २०८२, मंगलवार

नेपालगन्जः चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा डा स्वयंप्रकाश पण्डित नियुक्त भएका छन्। डा पण्डित आयोगको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज (एनबीएमएस) को निर्देशक बनेका हुन्।

नवनियुक्त निर्देशक डा पण्डितले जिम्मेवारी समेत सम्हालिसकेका छन्। यसअघि एनबीएमएसमा निर्देशक प्राडा गुरु खनालले नियुक्ति पाएको केही समयपछि नै राजीनामा दिएका थिए।

डा खनालले गत माघ २० गते देखि लागू हुने गरी माघ १८ गते राजीनामा दिएका थिए। डा खनालले राजीनामा दिएपछि रिक्त रहेको पदमा गत महिना नियुक्ति प्रक्रिया अगाडि बढेको थियो। रिक्त रहेको पदमा आवेदन माग भएको थियो।

सोही अनुसार आवेदन दिएर डा पण्डित निर्देशक पदमा नियुक्त भएका हुन्। डा पण्डितले लामो समय सरकारी सेवामा काम गरेका थिए। उमेरका कारण उनले सरकारी सेवाबाट अवकाश पाएका थिए।

  • १७ असार २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech