नेपालगन्जः उपभोक्ता अदालतको फैसलाविरुद्ध आजदेखि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।
उपभोक्ता अदालतले हालै चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा सुनाएको फैसलाहरू नेपाल मेडिकल काउन्सिलको अधिकारक्षेत्रसँग बाझिएकोमा आपत्ति जनाउँदै नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलन अन्तर्गत आज देशभरका चिकित्सक र स्वास्थ्यकर्मीले कालो पट्टी बाँधी सेवा दिँदैछन् ।
विभिन्न अस्पताल प्रमुख, निजी मेडिकल तथा डेन्टल कलेज संघ, एपीएचआईएन, एपीपीओएन, नेपाल नर्सिङ एसोसिएसन, चिकित्सक समाजलगायतका सरोकारवालाहरूसँग गरिएको बृहद् छलफलपछि संघको अगुवाईमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।
छलफलमा चिकित्सकद्वारा उपचारका क्रममा हुने त्रुटीसम्बन्धी उजुरी नेपाल मेडिकल काउन्सिलमार्फत हेर्नुपर्ने निष्कर्ष निकालिएको संघले जनाएको छ।