प्राथमिक आँखा तथा कान उपचार सेवा

    • स्वास्थ्य पेज

  • १६ असार २०८२, सोमबार

नेपालगन्ज:  नेपालगन्ज उपमहानगरपालिका वडा नं.५ फुल्टेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको टोलिले सुर्खेत वीरेन्द्रनगरमा पुगेर प्राथमिक आँखा तथा कान उपचार सेवा प्रदान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी उत्तरगंगा उपशाखाको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा जगन्नाथ प्राथमिक विद्यालयमा आयोजना गरिएको शिविरमा १९३ जनाले सेवा लिएका थिए । ती मध्ये ११२ जना महिला र ७२ जना पुरुष रहेका थिए ।

शिविरमा चेकजाँच गराएका मध्ये १५ जनामा कान पाक्ने समस्या देखिएको थियो भने ६ जनालाई थप उपचारका लागि रिफर गरिएको उपचार संलग्न ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउट रिच इन्चार्ज भिषण थारुले जानकारी दिए । उनीसँगै तिर्थमान थारूले शिविरमा आएकालाई सेवा दिएका थिए ।

  • १६ असार २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech