अपाङ्गतामैत्री संरचनामा जोड

    • स्वास्थ्य पेज

  • १४ असार २०८२, शनिबार

नेपालगन्ज: नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ ।

तर पनि अपाङ्गता भएका व्यक्तिहरुले त्यसको अनुभूति गर्न पाएका छैनन् । अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्त वातावरण निर्माणका लागि नेपाल परिवार नियोजन संघ बाँकेले जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई एउटै थलोमा राखेर अन्तरक्रिया गरेको छ ।

शनिवार नेपालगन्जमा आयोजना गरिएको उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच स्थापित गर्न भौतिक संरचनानै बाधक रहेको अपाङ्गता अधिकारकर्मीहरु बताउँछन् ।

अपाङ्गता गोकर्ण आचार्य र भाबुकजंग थापाले पहुँचयुक्तता संरचनाका लागि सम्बद्ध सरोकारवालाहरुलाई गम्भीर भैदिन आग्र गरे । उनले अहिलेपनि कैयौं सरकारी कार्यालयका भौतिक संरचनाहरु अपाङ्गतामैत्री नभएको उनीहरु बताउँछन् । सेवा प्राप्त गर्ने सवालमा झनै सकस रहेको उनीहरुको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा पालिका गम्भीर रहेको बताए । कुनै पनि अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गर्ने सेवालाई सरलीकृत गर्ने सवालमा आफुले सहजीकरण गर्दै आएको उनको भनाइ छ ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका वडा अध्यक्षहरु, जिल्ला प्रहरी कार्यालय, भेरी अस्पताल, सम्वद्ध सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको परिवार नियोजन संघ बाँकेका शाखा प्रबन्धक रश्मि श्रेष्ठले जानकारी दिइन् ।

उनले संघले गर्दै आएको कार्यहरुको बारेमा समेत जानकारी गराएकी थिइन् । संघका अध्यक्ष बदरुजा खाँको अध्यक्षतामा भएको कार्यक्रममा जीवन गिरीले अपाङ्गतामैत्री भौतिक संरचना संचार सेवा निर्देशिका २०६९ बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

  • १४ असार २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech