दाङ जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

    • स्वास्थ्य पेज

  • १४ असार २०८२, शनिबार

घोराही: दाङ जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले दाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे ।

उनले जिल्ला पूर्ण खोप युक्त जिल्ला घोषणा हुनु जिल्लाबासीको लागि खुशीको कुरा भएको बताए ।

उनले जिल्लाका सबै बालबालिकालाई खोप लगाई सुरक्षित बनाउन सहयोग गर्ने सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरे।

उनले रोग लागेर उपचार गर्नु भन्दा पहिले रोग लाग्नै नदिने अवस्था सिर्जना गर्न स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले योजना बनाएर काम गरिरहेको बताए ।

मन्त्री सारुले गुणस्तरियता र दिगोपनालाई ख्याल गरेर स्वास्थ्य क्षेत्रमा काम गर्न मातहतका कार्यालय र कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाका प्रतिनिधीहरु, उत्कृष्ट कार्य गर्ने स्वास्थ्य सस्थ्याहरुलाई सम्मान समेत गरिएको छ ।

  • १४ असार २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech