नेपालगन्ज: नेपालगन्ज स्थित थोपा प्रयोगशालाले स्थापनाको तीन वर्ष पुरा गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘बि’ वर्गको मान्यता लिएर सेवा दिइरहको प्रयोगशालाले सेवा आरम्भको सफल तीन वर्षे यात्रा तय गरेको प्रयोगशाला इन्चार्ज हरी बुढाले बताए ।
प्रयोगशालाले यो अवधिभर ४६ हजार बढीलाई सेवा दिईएको जनकारी दिएको छ । विश्वकै सबैभन्दा आधुनिक टेक्नोलोजी इक्लियाबाट विभिन्न परिक्षणगरु गरिरहेको प्रयोगशालाले तीन वर्षमा कुल ४६ हजार १५५ जना सेवागा्रहीलाई सेवा दिएको जनाएको छ । सेवा लिएका ४६ हजार बढी सेवाग्राहीहरुमा ७९ हजार बढी परिक्षण भएको यसका बुढाले बताए । ७९ हजार १५८ कुल परिक्षण गरिएको र जाँचका कुल प्रकार १७८ रहेको उनले बताए । थोपाले अगामी दिनमा यी संख्याहरु बढ्दै जाने भन्दै सेवाको मौकादिने सबैमा धन्यवाद समेत ज्ञापन गरेको छ ।
नेपालगन्ज-१० स्थित गणेशमान चोकदेखि भेरी अस्पताल जाने बाटोमा रहेको थोपा भवनबाट सेवा दिइरहेको प्रयोगशालाले भविष्यमा थप अत्याधुनिक उपकरणहरुबाट आवश्यक सेवाहरु दिँदै जाने लक्ष्य बोकेको छ । प्रयोगशालामा लामो समय कार्य अनुभव सँगालेका दक्ष प्रयोगशालाकर्मीहरु रहेका छन् ।
प्योथोलोजिष्ट, भाइरोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, बायोक्यामिस्ट लगायत अन्य टेक्निसियनहरुको टिमले यस क्षेत्रमै गुणस्तरीय सेवा दिन निरन्तर मेहनत गरिरहेको जानकारी गराउँदै प्रयोगशाला प्रशासनले प्रयोगशाला जाँचका लागि थोपासँग सहकार्य गर्न सबैमा आग्रह गरेको छ ।