नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको मंगलावर बसेको १८ औं गाउँसभाले दुई वटा विधियेक, नीति तथा कार्यक्रम र रु ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए ।
स्वास्थ्य सेवा कार्यक्रमतर्फ
१. डुडुवा गाउँपालिकाका वडा नं. २, ३, ५ र ६ मा स्वास्थ्य परिक्षण ल्याब संचालन गरी स्वास्थ्य सेवाको पहुच पुर्याउने कार्य भईरहेको साथै आ.ब. २०८२/०८३ मा थप वडामा ल्याब स्थापना गर्ने लक्ष्य लिइएको ।
२. जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा, निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क स्वास्थ्य विमा कार्यक्रम, निःशुल्क प्रयोगशाला जाँच सेवा संचालन भईरहेको तथा प्रभावकारी रुपमा निरन्तर संचालन गरिने ।
३. घर–घर स्वास्थ्य कार्यक्रम अन्तर्गत घरदैलोमा गई सबै समुदायका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाच सेवा, दिर्घरोगको पहिचान, स्वास्थ्य कार्ड वितरण, स्वास्थ्य सम्बन्धि जनचेतना मुलक जानकारी गराउने तथा विभिन्न अभियानलाई निरन्तरता दिने ।
४. घर–घर स्वास्थ्य कार्यक्रम अन्तरगत गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क प्रयोगशाला जांच, ग्रामिण अल्ट्रासाउण्ड सेवा तथा निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको छ ।
५. आयुर्वेद सेवा निःशुल्क रुपमा संचालन तथा निरन्तरता दिइने छ ।
६. बैकल्पिक स्वास्थ्य सेवा वडा नं. २ र ५ मा संचालन भई रहेको छ प्रभावकारितालाई मध्यनजर राख्दै अन्य वडामा विस्तार गरिने छ ।
७. स्वास्थ्य संस्थाको पूर्वाधार सुधारका लागि गाउँपालिकाको बजेटका अतिरिक्त संघ र प्रदेश सरकारको समन्वयमा स्वास्थ्य संस्थाका पूर्वाधार निर्माण गर्ने गरि आवश्यक पहल भईरहेको ।
८. डुडुवा गाउँपालिका वडा नं. ४ मा आँखा उपचार सेवा केन्द्र सञ्चालन गरिएको र आधुनिक उपकरण थप गरी सेवालाई प्रभावकारी तथा सर्वसुलभ बनाईने छ ।
९. स्वास्थ्य चौकी बेतहनीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरि सञ्चालन गर्न आवश्यक पूर्वाधार पुरा गरिएको र यसै आ. ब.बाट ५ शैयाको अस्पताल सञ्चालन गर्न आवश्यक उपकरण जडान, औषधी व्यवस्थापन लगायतका कार्य सम्पन्न भएको र आ. ब. २०८२/०८३ देखि विषेशज्ञ सहितको स्वास्थ्य सेवा सुचारु गरि २४ घण्टा आक्समिक स्वास्थ्य सेवा सञ्चालन गर्ने लक्ष्य लिईएको छ ।
१० प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आई सके पश्चात सम्पूर्ण डुडुवा बासी जनताहरुलाई क्रमिक रुपमा निःशूल्क स्वास्थ्य बीमामा आबद्ध गराउँदै उपचार सेवाको पहुँच बृद्धि गर्ने लक्ष्य लिइएको छ ।
११ स्वास्थ्य क्षेत्रको खम्बाको रुपमा रहेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पर्व खर्चको व्यवस्थापन गरिनेछ ।