नेपालगञ्ज: नेपाल औषधि व्यवसायी संघ बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ । संघको ५२ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा बाँकेद्वारा नेपालगन्ज र कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको संघका कार्यसमिति सदस्य सन्तोष बाबु सुवेदीले जानकारी दिए ।
रगतको अभाव हुन नदिन तथा रगतको स्टक बढाउन सहयोग गर्ने उद्देश्यले संघको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष जयदेव अवस्थीले बताए ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीसहित प्राबिधिकहरुको सहयोगमा नेपालगञ्ज स्थित भेरी अस्पताल परिसरमा रहेको प्रादेशिक रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको हो । संघका अनुसार नेपालगन्जमा ६० जना र कोहलपुरमा १५ जनाले रगत दान गरेका हुन् ।
कार्यक्रममा संघका केन्द्रिय सचिव कृष्ण बहादुर रोकाया, केन्द्रिय सदस्य सरला विष्ट, संघका लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, लुम्बिनी प्रदेश थोक उपाध्यक्ष सुदिप खड्का , जिल्लाका औषधी व्यवसायी, विभिन्न औषधी कम्पनीमा कार्यरत बजार प्रतिनिधिहरु, स्वास्थ्यकर्मी लगायत उपस्थित थिए ।
आफ्नो समाजिक उत्तरदायित्व निर्वाह गर्न मंगलबार आयोजित रक्तदान कार्यक्रममा उपस्थित सबैमा संघले धन्यवाद दिएको छ ।
तस्बिरहरु: