नेपालगन्ज: बाँकेको राप्तीसोनारी गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
गाउँपालिकाको १७ औं अधिवेशनमा पालिका प्रमुख तप्त बहादुर पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
नीति तथा कार्यक्रममा स्वास्थ्यतर्फ २१ वटा बुदा समेटिएको छ ।
यस्ता छन् स्वास्थ्यका विषयहरुः
आधारभूत स्वास्थ्य सेवामा सबै गाउपालिका बासीहरूको सर्बसुलभ पहुँच सुनिश्चित गर्दै खोप, सुरक्षित मातृत्व तथा परिवार नियोजन, आयुर्वेदिक तथा अन्य परम्परागत स्वास्थ्य सेवालाई प्राथमिककता साथ उपलब्ध गराई विशेषज्ञ तथा प्रेषण सेवालाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
प्रेषण प्रणालीलाइ थप सहज र व्यवस्थित बनाइने छ । आकस्मिक अवस्थाका बिरामीहरूलाई शीघ्र उपचार र प्रेषणको लागि सबै वडाहरूमा एम्बुलेन्स सेवालाइ व्यवस्थित र सर्बसुलव बनाउदै लगिने छ । गर्भवति तथा सुत्केरीलाइ दिदै आएको निशुल्क एम्बुलेन्स सेवालाइ निरन्तरता तथा थप प्रभावकारी बनाइने छ ।
सुरक्षित मातृत्वको लागि प्रेषण सेवालाई थप प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थाहरुमो आकस्मिक प्रसूति सेवा कोष (EOC fund) को व्यवस्था गरिनेछ ।
ल्याब सेवा नभएका बर्थिंग सेन्टरमा ल्याब सेवा विस्तार गरिनुका साथै गर्भवती, सुत्केरी हरुलाई निशु:ल्क रगत परिक्षण गर्ने व्यवस्था मिलाइने छ ।
सुरक्षित मातृत्व सेवा प्रदायक स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि क्लिनिकल अडिट एवम् स्थलगत अनुशिक्षण गरि सुरक्षित मातृत्व सेवालाइ थप गुणस्तरिय बनाइने छ ।
राप्ती सोनारी आधारभूत अस्पताल व्यवस्थित गर्दै लगिनुका साथै जटिलतायुक्त आकस्मिक गर्भवती तथा नबशिशु सेवा (CEONC) सन्चालनका लागि आवश्यक पहल गरिने छ ।
गाउँपालिका अन्तरगतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गरिनुका साथै मानसिक रोग सम्बन्धी सेवा विस्तारका लागि कर्मचारीहरुको क्षमता विकासका क्रियाकलाप गरिनेछ ।
स्वास्थ्य सुशासन सुदृढीकरण गर्दै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नको लागि सक्षम र प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको विकास गरिनेछ ।
स्वास्थ्य सेवाको उपलब्धिलाई सामाजिक बिकासको रुपमा मापन गर्न प्रत्येक स्वास्थ्य संस्थाहरुको बार्षिक रुपमा सामाजिक परिक्षण (Social Audit) गरिनेछ ।
महामारी एवम् विपद्का समयमा पनि अत्यावशकिय स्वास्थ्य सेवा निरन्तर रुपमा प्रदान गर्ने व्यवस्था मिलाइनुका साथै प्राकृतिक प्रकोप, महामारी र सडक दुर्घटनाजस्ता आकस्मिक स्वास्थ्य सेवालाई तत्काल व्यवस्थापन गर्न गाउँपालिकाभित्रका रणनीतिक स्थानहरूमा आकस्मिक स्वास्थ्य अवस्थामा आवश्यक पर्ने अत्यावश्यक औषधी, उपकरण तथा सामग्रीहरुको बफर स्टक राख्ने व्यवस्था गरिनेछ ।
सम्पूर्ण गाउँपालिका वासीहरूलाई सामाजिक स्वास्थ्य बीमामा आबद्ध गर्दै जेष्ठ नागरिक, अति बिपन्न तथा असहाय र महिला स्वास्थ्य स्वयंसेविका तथा दिर्घरोगीहरुको लागि निशु:ल्क स्वास्थ्य बीमाको ब्यवस्था मिलाइने छ ।
जेष्ठ नागरिक, दिर्घ रोगि, असक्त, असहाय, विपन्न तथा गरिब र महिला स्वास्थ्य स्वयंसेविहरुलाई निशु:ल्क स्वास्थ्य बीमाको ब्यवस्था मिलाइने छ भने र घुम्ती स्वास्थ्य सेवा मार्फत घरदैललोमा नै स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
स्वास्थ्य सूचना प्रणालीलाई थप व्यवस्थित तथा आधुनिकिकरण गर्दे प्राप्त तथ्यांकलाई योजना, अनुगमन, मूल्यांकन तथा निर्णय प्रकृयामा प्रभावकारी रुपमा प्रयोग गरिनेछ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि संस्थाहरूमा भौतिक पूर्वाधार, औषधि, उपकरण तथा औजारहरूको उपलब्धता सुनिश्चित गरिनेछ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य संस्थाहरूमा भौतिक पूर्वाधारलाई बाल तथा अपाङ्ग मैत्री गरिदै लगिनेछ ।
स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दक्ष जनशक्तिको बिकास तथा व्यवस्थापनमा जोड दिइनेछ ।
नसर्ने रोगहरूको रोकथाम तथा व्यवस्थापन साथै सडक सुरक्षालाई प्रभावकारी बनाउँदै लगिनेछ । सिकलसेल रक्तअल्पताको रोगको रोकथामका लागि आवश्क प्रबद्र्धनात्मक, प्रतिकारात्मक तथा उपचारात्मक स्वास्थ्य सेवा सञ्चालन गरिनेछ ।
महिला सामुदायक स्वास्थ्य स्वयं सेविकालाइ पूनर्ताजगी तालिम प्रदान गरि सामुदायक स्वास्थ्य सेवालाइ थप ब्यबस्थित बनाइने छ ।
स्थानीय पोषणमैत्री शासनका ७ क्षेत्र तथा ४९ वटा सूचकहरुमा आधारित कार्यक्रम संचालन गरि स्थानीय पोषणमैत्री शासन लागु गरिने छ | साथै गाउँपालिकाको पोषण अवस्थाको सुधारको लागि विभिन्न किसिमको प्रबद्र्धनात्मक तथा प्रतिकारात्मक कार्यक्रमहरुमा जोड दिइनेछ ।
स्वास्थ्य संस्था संचालन तथा ब्यबस्थपन समितीलाई सक्रिय बनाउन तथा नियमित बैठक बस्ने उचित ब्यबस्था गरिने छ ।
स्वास्थ्य क्षेत्रको नियमित सुपरीवेक्षण, अनुगमन र मुल्यांकन गर्न उचित प्रणालीको व्यवस्था गरी सो अनुसार कार्यान्वयन गरिने छ
एकिकृत स्वास्थ्य तर्फको बार्षिक समिक्षामा स्वास्थ्य सेवाको सुचकहरुको मापदण्ड बनाई मापदण्ड पुरा गरेका स्वास्थ्य संस्था तथा ब्यक्तिलाई पुरुस्कृत गरिने छ ।