जुम्लाकी ६३ वर्षीया महिलाको अण्डाशयको शल्यक्रिया

    • स्वास्थ्य पेज

  • ९ असार २०८२, सोमबार

जुम्लाः तातोपानी गाउँपालिका–७ जुम्लाकी ६३ वर्षीया महिलाको अण्डाशयको शल्यक्रिया भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जुम्लाकी ६३ वर्षीया महिलाको अण्डाशयको शल्यक्रिया भएको हो ।

प्रतिष्ठानका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक कविता साहका अनुसार उनको पाठेघरको अण्डाशयमा ट्युमर पलाएको थियो । चिकित्सकका अनुसार परीक्षण गर्दा ट्युमर पत्ता लगाएपछि शल्यक्रिया गरिएको हो ।

उनको शल्यक्रिया कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकले गरेका हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग तथा शल्यक्रिया टोली, एनेस्थेसिया टोली र कर्मचारीको संयोजनले शल्यक्रिया सम्पन्न भएको हो । ।

के कारणले ट्युमर भएको हो भनेर जाँच गर्न नमुना परीक्षणका लागि पठाएको अस्पतालले जनाएको छ । रिपोर्टपछि मात्र थप उपचार आवश्यक पर्ने नपर्ने भन्ने विषयमा निर्णय गर्ने अस्पतालको भनाइ छ ।

  • ९ असार २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech