कोहलपुरको नीति तथा कार्यक्रम: ३० वर्षमाथिका सबै महिलाको पाठेघरको क्यान्सर परीक्षण गरिने

    • स्वास्थ्य पेज

  • ७ असार २०८२, शनिबार

कोहलपुरः कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम शनिनवार सार्वजनिक भएको छ । नगर प्रमुख पुर्ण प्रसाद आचार्यले १७औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षमा ३० वर्षमाथिका सबै महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्ने नीति लिएको छ।

महिलाहरुमा बढ्दो पाठेघरको क्यान्सर रोकथामका लागि समुदायस्तरमा सचेतीकरणसँगै परीक्षण कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्ने नीति लिएको नगर प्रमुख आचार्यले बताए ।

यस्तै नसर्ने रोगको बढ्दो प्रभाव (प्रेसर, सुगर, मिर्गौला) र पहिचान तथा रोकथामका लागि पनि समुदायस्तरमा शिविर सञ्चालन गर्ने भएको छ । शिविरलाई थप प्रभावकारी गराउन कोष स्थापना गर्ने भएको छ ।

  • ७ असार २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech