डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरिएको प्रति आपत्ति

    • स्वास्थ्य पेज

  • ४ असार २०८२, बुधबार

नेपालगन्जः नेपाल डेन्टल एसोसिएसनले ओएनएम रिपोर्टमा डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरिएको प्रति आपत्ति जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै अर्थ मन्त्रालय पठाएको दरबन्दी प्रस्ताव(ओएनएम )मा दन्त सर्जनलाई समावेश नगरिएकोप्रति एसोसिएसनले आपत्ति जनाएको हो ।

रिपोर्ट सार्वजनिक भएसँगै बुधबार एसोसिएसनका महासचिव डा.प्रदीप भण्डारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल स्वास्थ्य मन्त्रालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

एसोसिएसनका केन्द्रीय सदस्य डा.भूमेश काफ्लेले मङ्गलबार सार्वजनिक भएको ओएनएम रिपोर्टमा डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरिनु अत्यन्तै आपत्तिजनक कुरा भएको बताए ।

उनका अनुसार ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्स र पब्लिक हेल्थ डेन्टिस्ट्रिमा अहिलेसम्म एउटा पनि दरबन्दी खोलिएको छैन ।

  • ४ असार २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech