रेडियोग्राफी सेवामा दरबन्दी बढाउन माग

    • स्वास्थ्य पेज

  • ४ असार २०८२, बुधबार

काठमाडौंः नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवामा दरबन्दी बढाउन माग गरेको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रशासन र स्वास्थ्यतर्फका सचिवलाई ज्ञापनपत्र बुझाउँदै सोसाइटीले सरकारी सेवामा दरबन्दी थप गर्न माग गर्दै रेडियोग्राफीको संरचना, सेवा सुदृढीकरण, पेसाको सुरक्षा गर्न आग्रह गरेको छ ।

सोसाइटीका अध्यक्ष मुकेशकुमार झाको नेतृत्वमा गएको टोलीले केही सरकारी अस्पतालमा एउटै रेडियोग्राफरले २४ घण्टा सेवा दिइरहेको भन्दै सोसाइटीले सरकारले थप दरबन्दी कायम गर्न नसके देशव्यापी रूपमा सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले सोसाइटीले उठाएका माग पूरा नभए एमआरआई सेवा, एक्सरे, सिटीस्कानजस्ता सेवा ठप्प पार्ने चेतावनी दिएको छ । रेडियोलोजी सेवा स्वास्थ्यको अभिन्न अङ्ग हो भन्दै उहाँले सरकारले रेडियोग्राफी सेवालाई बेवास्ता गरेको बताए।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्य सचिव डा.विकास देवकोटाले रेडियोग्राफर सोसाइटीको मागमा आफू सकारात्मक रहेको भन्दै राज्यको स्रोत साधनले भ्याएसम्म रेडियोग्राफी सेवा बढाउँदै लैजाने बताए ।

  • ४ असार २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech