विश्व बैंकले भन्यो- नेपालमा वायु प्रदूषण स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतरा

    • स्वास्थ्य पेज

  • ३ असार २०८२, मंगलवार

नेपालगन्जः नेपालमा वायु प्रदूषण मृत्यु र अपांगताको प्रमुख कारण बनेको विश्व बैंकले जनाएको छ। विश्व बैंकले मंलगबार सार्बजनिक गरेको नयाँ प्रतिवेदनले काठमाडौँ उपत्यका र तराईको वायु प्रदूषण प्रमुख रूपमा चिन्ताजनक अवस्थामा रहेको उल्लेख गरेको हो।

‘टुवार्ड्स क्लिन एअर इन नेपाल: बेनिफिट्स, पोलुसन सोर्स एन्ड सोलुसन’ नामक प्रतिवेदनमा विगत एक दशकमा यसमा कुनै उल्लेखनीय सुधार नभएको बताइएको छ। वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाएको र वार्षिक रूपमा लगभग २६ हजार अकाल मृत्यु भइरहेको उल्लेख छ।

वायु प्रदूषणले स्वास्थ्यको अतिरिक्त श्रम उत्पादकता, पर्यटन र उड्डयन क्षेत्रमा समेत प्रतिकूल असर गरेको जनाइएको छ। यसले गर्दा नेपालले वार्षिक रूपमा आफ्नो जीडीपीको ६ प्रतिशतभन्दा बढी आर्थिक क्षति भोगिरहेको प्रतिवेदनमा उल्लेख छ।

विश्व बैंकले वायु प्रदूषणको समस्यालाई समाधान गर्नका लागि बहु-क्षेत्रीय र बहु-आयामिक समन्वय अपरिहार्य रहेको जनाएको छ। सवारी प्रदूषण न्यूनीकरण, उद्योगजन्य उत्सर्जन नियन्त्रण, घरायसी खाना पकाउने माध्यम सुधार, वन डढेलो नियन्त्रण, र सीमापार प्रदूषण नियन्त्रणमा ध्यान दिन पनि सुझाएको छ।

  • ३ असार २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech