नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच

    • स्वास्थ्य पेज

  • २ असार २०८२, सोमबार

नेपालगन्ज: बाँकेको नरैनापुर गाउँपालिकामा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न भएको छ । ‘बहिरोपन निवारण कार्यक्रममा सहभागी बनौं, आफ्नो परिवारलाई बहिरो हुन बाट जोगाऔं’ भन्ने नाराका साथ पालिकाका ६ वटै वडामा शिविर गरिएको हो ।

ब्रिनोन कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा ५ नेपालगन्ज बाँकेको आयोनना तथा नरैनापुर गाउँपालिकासँगको समन्वयमा कान स्वास्थ्य सम्वन्धी समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर गरिएको ब्रिनोजका आउट रिच इन्चार्ज भीषण थारुले जानकारी दिए । उनका अनुसार उक्त शिविरमा पाँच सय बढीले सेवा लिएका छन् ।

गएको २७ गते कटकुईया स्वास्थ्य चौकीबाट सुरु भएको शिविर सोमवार गंगापुर स्वास्थ्य चौकीमा समापन भएको उनले बताए । गंगापुर स्वास्थ्य चौकीमा आयोजित शिविरमा ९१ जनाले कानको चेकजाँच गराए । कटकुईया स्वास्थ्य चौकीमा ९०, लक्षमणपुर स्वास्थ्य चौकीमा ७२, कालाफाँटा स्वास्थ्य चौकीमा ८२ जना, नरैनापुर स्वास्थ्य चौकीमा ४२ र मटेहिया स्वास्थ्य चौकीमा १३० जनाले कानको चेकजाँच गराएको पनि उनले बताए ।

शिविरमा नाम दर्ता र आवश्यक औषधी भने निःशुल्क वितरण गरिएको आउट रिच इन्चार्ज थारुको भनाइ छ । शिविरमा कान सहायक सीता चौधरी, दामोदर चौधरी र तिर्थमान चौधरी लगायतले नागरिकहरुको कान चेकजाँच गरेका थिए ।

  • २ असार २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech