नेपालगन्जः नेपाल फार्मेसी संघले नेपाल सरकारद्वारा गठित औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई स्वागत गरेको छ । संघले आज विज्ञप्ती जारी गर्दै औषधि तथा स्वास्थ्य क्षेत्रको सुधारको उद्देश्यसहित प्रस्तुत उक्त प्रतिवेदनलाई आवश्यक र समयानुकूल पहलको रूपमा लिएको उल्लेख गर्दै स्वागत गरेको हो ।
नेपाल फार्मेसी संघले सधैं सर्वसुलभ, गुणस्तरीय र सुरक्षित औषधिको पहुँचलाई प्राथमिकतामा राख्दै बिरामी उपभोक्ता, स्वास्थ्यकर्मी, औषधि व्यवसाय र औषधिको गुणस्तरसँग सम्बन्धित विषयहरूलाई समान महत्त्व दिँदै आएको पनि उल्लेख गरेको छ।
विज्ञप्तीमा भनिएको छ-‘औषधि नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा हो। यसको गुणस्तर, मूल्य र आपूर्ति प्रणालीमा राज्यको भूमिका जिम्मेवार, प्रभावकारी र उत्तरदायी हुन आवश्यक छ। गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र सर्वव्यापी स्वास्थ्य सेवाको लक्ष्य प्राप्त गर्न औषधि तथा औषधिजन्य सामग्रीको मूल्य एक महत्वपूर्ण पक्ष हो।’
नेपालमा कुल स्वास्थ्य खर्चको करिब ६५ प्रतिशत हिस्सा औषधिमा खर्च हुने संघले जनाएको छ । मूल्य सर्वसुलभ र पारदर्शी रूपमा निर्धारण गरिएमात्र नागरिकको औषधि पहुँचको अधिकार सुनिश्चित हुनेपनि संघले स्पष्ट जनाएको छ । गुणस्तरीय औषधि उपभोगको वातावरण निर्माण गर्ने जिम्मा सबैको भएको पनि संघले जनाएको छ ।
विज्ञप्ती