नेपालगञ्जमा आयोजित बृहत् रक्तदान कार्यक्रममा १०२ पिन्ट रगत संकलन

    • स्वास्थ्य पेज

  • ३१ जेष्ठ २०८२, शनिबार

नेपालगञ्ज । नेपालगञ्जमा आयोजित बृहत् रक्तदान कार्यक्रममा १०२ पिन्ट रगत संकलन भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा शनिवार प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रममा १०२ पिन्ट रगत संकलन भएको नगर अध्यक्ष शिव दाहालले जानकारी दिए । २० भन्दा बढी संघसंस्थासंग जोडिएका ब्यक्तिहरुले रगत दान गरेको दाहालले बताए ।

रगतको अभाव हुन नदिन तथा रगतको स्टक बढाउन सहयोग गर्ने उद्देश्यले रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष सञ्जय थापाले बताए । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द रेग्मीसहित प्राबिधिकहरुको सहयोगमा नेपालगञ्ज सुर्खेतरोडस्थित स्वस्तिक कटेजमा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा रक्तदान जस्तो महान कार्यमा उत्कृष्ट योगदान पुर्याएको भन्दै डेढ दर्जन संघसंस्थालाई कदर पत्र प्रदान गरिएको थियो । रगतदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघले ब्लड डोनेशन ग्रुप बाँके र पतञ्जली योग समितिलाई सम्मान गरेको थियो । १०४ पटक रक्तदान गर्ने पत्रकार पवन जायसवाल समेत कार्यक्रममा सम्मानित भएका छन् ।

  • ३१ जेष्ठ २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech