काठमाडौंः चाबहिलस्थित ॐ अस्पताल एण्ड रिसर्च सेन्टरलाई बिरामीकोे उपचारमा लापरबाही गरेको ठहर गर्दै उपभोक्ता अदालतले ५० लाख हजार रुपैयाँ क्षतिपूर्ति तिर्न फैसला गरेको छ।
बिहीबार उपभोक्ता अदालतका न्यायाधीश रामप्रसाद शमा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपचारमा अस्पताल र संलग्न चिकित्सकले समेत लापरबाही गरेको ठहर गर्दै क्षतिपूर्ति भराउन आदेश भएको स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए।
बुबाको उपचारमा अस्पतालले लाबरबाही गर्दा समयमा उपचार नपाएको, उभोक्ताका रुपमा गुणस्तरीय सेवा नपाएको भन्दै वसन्त गौतमले त्रिपुरेश्वरस्थित उपभोक्ता अदालतमा मुुद्दा दिएका थिए।
उनले ५ करोड क्षतिपूर्ति पाउनुपर्ने दाबी गरे पनि अदालतले अस्पतालाई ८० प्रतिशतले हुन आउने ५० लाख र दुई चिकित्सकलाई जनही ३ लाख ४० हजार पाच सयको दरले ५६ लाख ८१ हजार भराउन भनिएको अधिवक्ता ज्योति बानियाँले जानकारी दिए।
९८ वर्षका बुबा हरिप्रसाद गौतम गत माघ ५ मा बाथरुममा लडेर खुट्टा टेक्न नसक्ने भएपछि तुरुन्तै अस्पताल लगिएको तर अस्पतालको इमरजेन्सीले सामान्य चेकजाँच मात्रै गरेर केही नभएको भन्दै फिर्ता गरेको वसन्तको दाबी थिये।
तीन चार दिनसम्म पनि दुखाइ कम नभएपछि आफूले अर्को अस्पतताल लैजाँदा खुट्टा फ्याक्चर भएको पाइएपछि उपचार गराएको अदालतमा बताएका छन्।
यसरी उपभोक्ताका रुपमा अस्पतालबाट सही र गुणस्तरी सेवा पाउनुपर्नेमा आफू ठगिएको भन्दै वसन्तले गरेको दाबीलाई उपभोक्ता अदालतले आंशिक ठहर गरेको हो। अदालतको आदेशपछि अस्पताल तथा चिकित्सकहरु तरंग पैदा भएको छ।