आफ्नो जन्मदिनमा रक्तदान र बिरामीलाई फलफुल वितरण

    • स्वास्थ्य पेज

  • २९ जेष्ठ २०८२, बिहीबार

नेपालगन्जः नेपालगन्जका एक जना युवाले आफ्नो जन्मदिनलाई मानवीय सेवाको कर्म गरेर मनाएका छन् । सन्तोष रावलले आफ्नो २८ औं जन्मदिनमा आफुले रक्तदान त गरे । उनले सार्वजनिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेर अरुलाई पनि रक्तदान गर्न प्रेरित गरे ।

भेरी अस्पताल परिसरमा रहेको रक्त संचार केन्द्रमा आयोजना गरिएको रक्तदानमा २८ जनाले रक्तदान गरेका छन् ।

‘यदि मेरो एउटा दिनले कसैको पूरै जीवन बदल्न सक्छ भने किन त्यो दिन केवल आफैंका लागि मात्र मनाउने उनले भने-‘रगतको थोपाले जिन्दगीको धड्कन फेरि चल्न सक्छ, आशा मरेका आँखामा फेरि चमक आउन सक्छ र अनिश्चित भविष्य फेरि उज्यालो बन्न सक्छ। त्यही भएर रक्तदान कार्यक्रम गरेको हुँ ।’

योसँगै उनले भेरी अस्पतालका बिरामीलाई फलफुल पनि वितरण गरेका छन् । अस्पतालका विभिन्न ४ वटा वार्डमा रहेका करिव ७० भन्दा बढी बिरामीलाई फलफुल पनि वितरण गरिएको रावलले बताए ।

उनका अनुसार भेरी अस्पतालको गाइनो वार्ड, डाइलाईसिस वार्ड, सिकलसेल वार्डसहित ४ वटा वार्डमा पुगेर फलफुल बाँडिएको हो । रावल नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा नेपाल बिद्यार्थी संघको तर्फबाट सभापति पदको उम्मेदवार भएका थिए ।

  • २९ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech