अहमदावाद विमान दुर्घटनाः ६ रेसिडेन्ट डाक्टरको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ जेष्ठ २०८२, बिहीबार

नेपालगन्जः भारतको अहमदावाद अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाडेको केही क्षणमै एयर इन्डियाको एआई १७१ जहाज जमिनमा बजारिन पुग्यो । बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण बिहीबार नागरिक उड्डयन क्षेत्रले एक भयानक क्षति बेहोर्नु पर्‍यो ।

जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रुको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उदृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । एअर इन्डिया विमान ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु भएको छ।

अहमदाबादमा एअर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान सिभिल अस्पतालको होस्टलका चार वटा भवनमा ठोक्किएको थियो।

ती भवनहरूमा रेजिडेन्ट डाक्टरहरू बस्ने गर्दथे। घटनाको समयमा होस्टलमा करिब ५० देखि ६० जना इन्टर्न डाक्टरहरू रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरू सबै दिउँसोको खाना खाइरहेका थिए।

दुर्घटना यति शक्तिशाली थियो कि भित्र रहेका डाक्टरहरूको शवसमेत टुक्राटुक्रामा छरिएको पाइएको छ। विमानमा लागेको आगोबाट उठेको धुवाँले होस्टलको भवन पूरै कालो भएको छ।

होस्टल पूरै खण्डहरजस्तो बनेको छ। घाइते १५ जना चिकित्सक अस्पताल पुर्‍याइएको छ।

  • २९ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech