योग समिति नेपालको ४५औं योग केन्द्र स्थापना

    • स्वास्थ्य पेज

  • २९ जेष्ठ २०८२, बिहीबार

नेपालगन्ज: नेपालगन्जमै केन्द्रिय कार्यालय रहेको योग समिति नेपालले खजुरा गाउँपालिका वडा नम्वर १ मा ४५औं योग केन्द्र स्थापना गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनबिर क्षेत्री एवं योग गुरू गिरीराज शर्मा भट्टराईले पानसमा बत्ती बालेर योग केन्द्र उद्घाटन कार्यक्रमको शुभारम्भ गरेका थिए । यसैबीच ४५औं योग केन्द्र व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

प्रमुख संयोजकमा योग प्रशिक्षक पुष्पा थापा, संयोजक कमान सिंह साउद, सदस्यहरू जयलाल अधिकारी, हस्त बहादुर शाही, रमेश थापा, सुकमाया थापा, मन कुमारी थापा, भक्त बहादुर थापा, किसन थापा, नन्दलाल थापा, अरूणा कुमारी गुरुङ, भुवन सिंह, लालु माया थापा, नैनसरा आले, सिता मल्ल रहेका छन् भने सल्लाहकारहरुमा वडा अध्यक्ष क्षेत्री र नबराज थापा छन् ।

योग समिति नेपालले स्थायीरूपमा नेपाली समाजमा योगमार्फत सकारात्मक परिवर्तन ल्याउने अभियानलाई नेतृत्व दिइरहेको योग समिति नेपालकी उपाध्यक्ष लोकमाया (सुमित्रा) पण्डितले बताइन् ।

  • २९ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech