स्तनपान प्रबर्द्धनका लागि अभिमुखीकरण

    • स्वास्थ्य पेज

  • २९ जेष्ठ २०८२, बिहीबार

नेपालगन्ज: स्तनपान प्रबद्र्धनका लागि नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा स्तनपान प्रबद्र्धनका लागि ‘बिएमएस-एक्ट’ सम्बन्धि औषधि पसल, अस्पताल, स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश बाबु श्रेष्ठको अध्यक्षता एवम् नेपाल औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थीको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत प्रशंसा भण्डारीले स्तनपानको महत्व र अवस्था तथा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले ‘बिएमएस-एक्ट’ मा भएका कानुनी ब्यवस्थाबारे प्रस्तुतिकरण गरेका थिए ।

आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु विक्रि वितरण नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१ कार्यान्वयनको लागि अनुगमन, सुपरिवेक्षण गर्नुपर्ने अवस्था, स्थान, बजार अनुगमन प्रक्रिया, मुद्दा दायरी लगायतका बारेमा औषधि पसल, फार्मेसी, स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश बाबु श्रेष्ठले बताए ।

प्रमुख अतिथि औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष अवस्थीले सरोकारवालाका लागि अभिमुखीकरण कार्यक्रम लाभदायी हुने विश्वास ब्यक्त गर्दै स्तनपान प्रबद्र्धनका लागि सबैले दायित्व निर्वाह गर्नुपर्ने बताए । उनले औषधि व्यवसायीले ‘बिएमएस-एक्ट’ बारे बुझ्न जरुरी रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्यायले सहजीकरण गरेका थिए ।

  • २९ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech